• २०८१ बैशाख ७ शुक्रबार

 एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले दियो १२ लाख सहयोग 

kharibot

सिन्धुली । सुनकोशी गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि १२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सुनकोशी गाउँपालिका र  र नेपाल रेडक्रस सोसाइटी मझुवा उपशाखाबिच  एम्बुलेन्स खरिद र संचालनको लागि  मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  गाउँपालिका अध्यक्ष दिपा बोहोरा र  रेडक्रस उपशाखा  सभापति साङ्गे लामाबीच सम्झौतापत्रमा  हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार गाउँपालिकाको  अवस्ता हेरी  एम्बुलेन्स खरीद गर्नुपर्ने छ ।  एम्बुलेन्स सुनकोशी गाउँपालिकाको  अनुदान सहयोगमा संचालित भनेर लेख्नुपर्ने छ । एम्बुलेन्स सञ्चालन, व्यवस्थापन र मर्मतको कार्य रेडक्रस उपशाखा आफैँले गर्नुपर्ने भनी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एम्बुलेन्स सञ्चालनले सुनकोशी गाउँपालिका वडा नम्बर ७ मझुवावासीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै