• २०८१ बैशाख १३ बिहीबार

बिम्स्टेकमा भाग लिन नरेन्द्र मोदी र शेख हसिना वाजेद आज काठमाडौँ आउदै 

kharibot

काठमाडौं। आज र भोलि काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिम्स्टेक सम्मेलनको लागि सदस्य देशका विशिष्ट पाहुनाहरु र राष्ट्र प्रमुखहरु आउने क्रम जारी रहेको छ ।

बिम्स्टेक सम्मेलनमा भाग लिन आज ३ देशका सरकार प्रमुख नेपाल आउँदैछन् । आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा नेपाल आउने कार्यक्रम रहेको छ । 

भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ  वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार काठमाडौँ आइसकेका छन् भने म्यानमारका राष्ट्रपति विन मिन्टसहित थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय, बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद अली, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, मंगलबार नै काठमाडौ आइपुगेका छन् । 

त्यस्तै बिमस्टेक सम्मेलनमा भाग लिन  बङ्गलादेशका विदेश सचिव मोहम्मद शहिदुल, भारतका विदेश सचिव विजयकेशव गोख्ले, म्यान्माको विदेश मन्त्रालयका नायब महानिर्देशक विन जेयार तुन, श्रीलङ्काका अतिरिक्त सचिव रविनाथा पी आर्यसिन्हा र थाइल्याण्डको परराष्ट्र मन्त्रालयका स्थायी सचिव बुसाया माथेलिन यसअघि नै काठमाडौँ विभिन्न बैठकमा सहभागी भैसकेका छन्। 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै