• २०८१ बैशाख ८ शनिबार

सङ्घीय शिक्षा ऐन बनाउन समिति गठन 

kharibot

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐन–२०७५ ल्याउने तयारी गरेको छ । सङ्घीय संरचनामा मुलुक गइसकेपछि मन्त्रालयले नयाँ शिक्षा ऐन ल्याउन लागेको मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिए । 

ऐनको मस्यौदा बनाउन सहसचिव गौतमको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । उनले उच्चस्तरीय शिक्षा आयोगको सुझावका आधारमा ऐन बनाइने जानकारी दिए । ‘‘अहिले ऐनको मस्यौदा बनाउन समिति मात्र गठन गरेका छौं,’’ उनले भने, ‘‘आयोगले समेत नसमेटेको सुझावलाई हामी ऐनको मस्यौदामा समेट्ने भनेर सुझावलाई पर्खेर बसेका छौँ ।’’ 

ऐन बन्न कम्तीमा ६ महिना लाग्नेछ । नयाँ ऐन ल्याएसँगै नवाँै पटक संशोधन गरिएको पुरानो शिक्षा ऐन–२०२८ खारेज हुने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै