• २०८१ बैशाख ७ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँमा 

kharibot

काठमाडाैं।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनमा सहभागी हुन विदेशी पाउन आउने क्रम जारी छ । यसैक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन्।  

मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । 

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरेका थिए । 

प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीको नेपालको पाँचौ भ्रमण हो।  बिम्स्टेक सम्मेलनका लागि काठमाडौँ आएका मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय हितका विषयमा भेटवार्ता गर्ने छन् भने मोदीले शुक्रबार ओलीसँग संयुक्तरुपमा नेपाल–भारत पशुपति मैत्री धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको छ। धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिनेछ । तिलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ८२ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा ३९८ श्यया रहेकाले एकैपटक ३९८ तीर्थयात्री बस्न सक्नेछन् । 

आजै बिम्स्टेक सम्मेलनमा भाग लिन बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा काठमाडौँ आउने कार्यक्रम रहेको छ ।   

विशिष्ठ पाहुनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब तीन घण्टा आन्तरिक र बाह्य उडान प्रभावित हुने भएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै