• २०८१ बैशाख ११ मंगलबार

युट्युबलाई टक्कर दिन फेसबुकले नयाँ टुल ल्याउने 

kharibot

तस्बिर : युट्युब

काठमाडौं । फेसबुकले आफ्नै वाच भिडियो स्ट्रिमिंग सर्भिस ल्याउने भएको छ ।

अमेरिकामा यो सर्भिस चलेको १ वर्ष भइसकेको छ । यसले प्रयोगकर्तालाई विभिन्न विकल्प दिनेछ जहाँ आफूले चाहेको भिडियो चुन्न सकिनेछ ।

यसमा ठूला ब्राण्ड र नयाँ प्लेयर दुवैको शो देख्न पाइने बताइएको छ । यसबाहेक न्युज फिडमा सेभ गरिएको क्लिप पनि देख्न पाइनेछ । 

दर्शकले जुन भिडियो धेरै हेर्छन्, त्यसलाई विज्ञापनको समेत व्यवस्था हुनेछ । अहिलेसम्म कोही नाम चलेका पब्लिसरलाई मात्रै यस्तो फाइदा मिल्थ्यो । सुरुमा बेलायत, अमेरिका, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमा देखाइने भिडियोमा यस्तो सुविधा हुने बताइएको छ । भिडियोबाट हुने मुनाफा निर्माता र फेसबुकले बाँड्नेछन् । निर्माताले ५५ प्रतिशत तथा फेसबुकले ४५ प्रतिशत पैसा पाउने बताइएको छ ।

फेसबुकले चाँडै नै यस्तो सर्भिसबारे घोषणा गर्ने बताइएको छ । 

फेसबुकको यस्तो सर्भिसलाई युट्युबको प्रतिद्वन्द्वीका रुपमा हेरिएको छ । तर यसले युट्युबलाई मात्रै भन्दा पनि टिभी च्यानल्सहरु, अनलाइन आउटलेटहरु नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आईप्लेयर, आफ्नै इन्स्टाग्राम टिभीलाई पनि टक्कर दिनेछ । 

अमेरिकामा यो सर्भिसलाई रुचाइएपछि यसलाई ल्याउन लागिएको हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै