• २०८१ बैशाख ७ शुक्रबार

बिम्स्टेक सम्मेलनस्थलमा प्रधानमन्त्री ओलीले विशिष्ट पाहुनाको यसरी गरे स्वागत (फोटो फिचर)

kharibot

काठमाडौँ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन स्थल काठमाडौँको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य देशका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गरेका छन्।  

सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी भएका छन्। शिखर सम्मेलनमा म्यान्माका राष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । 

त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ । 

सम्मेलनमा कायममुकायम प्रधानन्याधीश, सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, बिम्स्टेकका महासचिव, नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत उपस्थित रहेका छन् ।

प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई गरेको स्वागत तस्बीरमा हेरौ :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै