• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कुन क्लब कुन समुहमा परे ?

kharibot

काठमाडौँ। विश्वका क्लब स्तरको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको समुह चरणको ड्र भएको छ। फ्रान्सको मोनाकोस्थित ग्रिमलडी फोरमबाट गरिएको च्याम्पियन्स लिगको यस सिजनको ड्र भएको थियो।  

च्याम्पियन्स लिगको यस सिजनमा २६ क्लबले सिधै प्रवेश पाएका छन् भने ६ क्लबले प्लेअफ खेलेर च्याम्पियन्स लिगमा स्थान बनाएका छन्।

स्पेनबाट रियल म्याड्रिड, बार्सिलोना, एथलेटिको म्याड्रिड र भलेन्सिया सहभागी हुदै छन् भने जर्मनीबाट बायर्न म्युनिख, बरुसिया डोर्टमण्ड, साल्के र होफेनहेइम सहभागी हुदै छन्।  

त्यस्तै इटालीबाट युभेन्टस, नापोली, एएस रोमा, इन्टर मिलान खेल्दै छन् भने फ्रान्सबाट पिएसजी, लियोन र मोनाको च्याम्पियन्स लिग खेल्दै छन्। प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिग खेल्दै छन् भने रसियाबाट लोकोमोटिभ मोस्कभा र सिएके ए मोस्कभा खेल्दै छन्। 

त्यस्तै पोर्चुगलबाट पोर्टो र बेनिफिका, टर्कीबाट गालाटासारे, बेल्जियमबाट क्लब ब्रुगे, नेदरल्याण्डबाट एजाक्स र पिएसभी इन्डहोभेन, चेक रिपब्लिकबाट भिक्टोरिया प्लेजेन,युक्रेनबाट शख्तर डोनेटस्क, ग्रिसबाट एइके एथेन्स, सर्बियाको रेड स्टार क्लब र स्विटजरल्याण्डबाट योङ्ग बोइजले यस सिजनको च्याम्पियन्स लिग खेल्दै छन्। 

युरोपियन फुटबल फेडेरेशन (युइएफ़ए) ले यी ३२ टिमलाई ४ पोटमा राखेर ड्र गर्ने बताएको छ। ड्र गर्दा समुह चरणमा आफ्नै लिगका देशसँग नपर्ने गरी मिलाएको युइएफ़एले जनाएको छ बहने रसिया र युक्रेनका क्लब पनि एकै समुहमा नपार्ने युइएफ़एले जनाएको छ। पहिलो पटमा गत सिजनको विजेता रियल म्याड्रिड, युरोप लिग विजेता एथलेटिको म्याड्रिड र उच्च वरियताका अन्य ६ क्लब बार्सिलोना, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, युभेन्टस, पिएसजी र लोकोमोटिभ मोस्कभा रहेका छन्। 

त्यस्तै दोस्रो देखि चौथो पटसम्म क्लबको कोफिसेन्ट वरियताअनुसार राखिएको युइएफ़एले जनाएको छ। पट २ मा डोर्टमण्ड, पोर्टो, म्यान्चेस्टर युनाइटेड, बेनिफिका, शख्तर डोनेटस्क, नापोली, टोटनह्याम र एएस रोमा रहेका छन्। त्यस्तै पट ३ मा लिभरपुल, साल्के, लियोन, मोनाको, एजाक्स, सीएसकेए मोस्कभा, पीएसभी इन्डहोभेन र भालेन्सिया रहेका छन्। त्यस्तै पट ४ मा भिक्टोरिया प्लजेन, क्लब ब्रुगे, गलासाटारे, योङ्ग बोइज, इन्टर मिलान, होफेनहेइन, रेड स्टार र एइके एथेन्स रहेका छन्। 

यस सिजनको च्याम्पियन्स लिगको ड्र अनुसार समुह बिभाजन यस्तो छ :

युइएफ़एले गरेको ड्रमा युरोपका गत सिजनका खेलकाका लागि बिभिन्न अवार्डको पनि घोषणा गरेको  छ।  जसमा युरोपको पुरुष बर्ष खेलाडीको अवार्ड लुक मोड्रीचले जितेका छन् भने च्याम्पियन्स लिगको उत्कृष्ट गोल किपरको अवार्ड रियल म्याड्रिडक केलोर नाभासले जितेका छन्। त्यस्तै उत्कृष्ट डिफेन्डरको अवार्ड रियल कै सर्जियो रामोसले जितेका छन् भने उत्कृष्ट मिडफिल्डरको अवार्ड रियल म्याड्रिडकै लुका मोड्रीचले जितेका छन्। त्यसै गरी उत्कृष्ट फरवार्डको अवार्ड हाल युभेन्टस पुगेका क्रिस्टियानो रोनाल्डोले जितेका छन् । 

साथै च्याम्पियन्स लिगका समुह चरणका खेलहरु सेप्टेम्बर १८/१९, अक्टोबर २/३, अक्टोबर २३/२४, नोभेम्बर ६/७, नोभेम्बर २७/२८ र डिसेम्बर ११/१२ मा हुने भएका छन्। त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र डिसेम्बर १७ मा हुने युइएफ़एले जनाएको छ। त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ का खेल फेब्रुअरी १२/१३/१९/२० तथा मार्च ५/६/१२/१३ मा हुने भएका छन्।

त्यसैगरि क्वाटरफाइनल र सेमिफाइनलको ड्र मार्च १५ मा हुने छ।  क्वाटरफाइनलका खेल अप्रिल ९/१०/१६ र १७ मा हुने छन् भने सेमिफाइनलका खेल अप्रिल ३० र मे १ तथा मे ७ र ८ मा हुने छन्।  यस सिजनको च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १ गते एथलेटिको म्याड्रिडको घरेलु मैदान मेट्रोपोलिटानो स्टेडियममा हुने छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै