• २०८१ बैशाख ८ शनिबार

प्रतिनिधिसभाका समिति सभापतिहरूको निर्वाचन फेरी स्थगित

kharibot

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिहरूको निर्वाचन फेरी स्थगित भएको छ । संघीय संसद सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै भदौ १७ गतेका लागि तय गरिएको समिति सभापतिहरूको निर्वाचन स्थगित भएको जानकारी दिएको छ। यो दोस्रोपटकका लागि स्थगित भएको हो। 

यसअघि १३ गतेका लागि निर्वाचनको मिति तय गरिएको थियो। राजनीतिक दलहरूबीच कुन समितिको सभापति कसले लिने भन्ने विषयमा सहमति हुन नसकेपछि सभापति निर्वाचन दोस्रोपटक स्थगित भएको हो । संसद सचिवालयले अर्को सूचना नभएसम्मका लागि सभापतिको निर्वाचन स्थगित भएको जनाएको छ। 

संसदमा सहभागी पाँच राजनीतिक दल र मूख्यतः नेपाल कम्युनिस्ट पार्टीभित्र कुन समितिको सभापति कुन सांसदलाई दिने भन्ने सहमति हुन नसक्दा सभापति चयन प्रक्रिया दोस्रोपटक स्थगित भएको नेकपाका नेताहरुले बताएका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरु बिम्स्टेक सम्मेलनमा व्यस्त भएकाले संसदीय समितिका सभापति छनोट प्रभावित भएको बताइएको छ। 

प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समिति रहेका छन् । राष्ट्रियसभा अन्तर्गतका तीन समिति सभापतिहरूको यसअघि नै निर्विरोध चयन भएको छ। राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिंडारी निर्वाचित भएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै