• २०८१ बैशाख ७ शुक्रबार

फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ। पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 
 
असोज १२ गते रिलिज गरिने यस फिल्ममा अनु र रागको प्रेममा आउने उचारचढावको कथा देखाइएको ट्रेलरबाट देख्न सकिन्छ। यो फिल्ममा एलिजा र नव-नायक समुन्द्र पण्डितको जोडी रहेको छ । 
 
‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 
 
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । 
 
भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै