२० लाख पर्यटक भित्र्याउन गाह्रो छैन : पर्यटन व्यवसायी गुरुङ

खरीबोट
ad

काठमाडौं । कमला गुरुङ महिला पर्यटन व्यवसायी हुन् । गुरुङ ट्राभल लाइटकी सञ्चालिका उनी विगत १ दशकयता ट्राभल व्यवसायमा संलग्न रहँदै आएकी छिन् । 

हङकङमा जन्मिएकी कमलाको दाजुभाइ, दिदीबहिनीलगायत सबै परिवार सिंगापुर बस्छन् । उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट कम्प्यूटर अध्ययन गरेकी छिन् । 

विदेशमै जन्मिए पनि र परिवार पनि विदेशमै रहँदा पनि उनलाई भने नेपाली माटोले बिर्सिन दिएन । सोही कारण नेपालमै आएर उनले पर्यटन व्यवसायमा हात हालिन् । 

वर्षेनी युवा रोजगारी खोज्न विदेश जाने नेपालमा उनी भने विदेशबाट यहाँ नै स्वरोजगार बन्न आइपुगिन् । विभिन्न पर्यटन क्षेत्रसँग आबद्धता रहेको गुरुङहरुको एउटा संगठित संस्था गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) करिब ७ वर्ष अगाडि कुल बहादुर गुरुङले स्थापना गरेको संस्था हो ।  

संगठित भएर काम गर्न सहज हुन्छ भन्ने हिसाबले पर्यटन क्षेत्रमा काम गर्ने पर्यटन व्यवसायीलाई एकताबद्ध बनाउन संस्थाको स्थापना गरिएको थियो । अहिले यो संस्थासँग पनि कमलाको नातो गाँसिएको छ । 

धेरै गुरुङ पर्यटन व्यवसायीहरु रहेको अवस्थामा संगठित हुँदा काम गर्न सजिलोको लागि जिटिनको स्थापना गरिएको कमला बताउँछिन् । गुरुङ पर्यटन क्षेत्रमा भएका पर्यटन व्यवसायीलाई नेतृत्वदायी भुमिका दिइरहेको छ । पर्यटन व्यवसायीलाई सहयोग गर्नेजस्ता काम गर्दै आएको छ । 

जातीय नारा लगाएर राजनीति गर्न लागेको हो कि भन्ने जस्ता शंका आफूहरुमाथि गरिएको र कतिपयले आरोप समेत लगाएको बताउने कमला भन्छिन्, ‘आक्षेप पनि सहनुपर्यो । विगत ७ वर्षदेखि हामीले हामी गैरगुरुङको विरोधी नभएको कुरा प्रष्ट पार्न सफल भएका छौं । अहिले हाम्रो विभिन्न कार्यक्रमहरुमा गैरगुरुङहरुको धेरै उपस्थिति हुने गरेको छ ।’  

पर्यटन क्षेत्रमा विकास लागि गुरुङहरुलाई विभिन्न किसिमको तालिमहरु समेत संस्थाले प्रदान गर्दै आएको उनको भनाइ छ । जसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पर्यटन पर्वद्धनको क्षेत्रमा सहयोग पुर्याउने र सकारात्मक असर पर्ने कुरामा दुईमत छैन । उनले भनिन्, ‘भूकम्पका बेला तथा बाढीपीडितको लागि विभिन्न ठाउँबाट पैसा संकलन गरेर हामीले सहयोग नै गरेका छौँ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा यसले सकारात्मक प्रभाव पार्ने खालका काम गर्दै आएको छ ।  व्यक्तित्व विकास, वातावरण परिवर्तन र उसको प्रभाव जस्ता विषयमा जानकारी गराउने हिसाबले तालिम गराउँदै आएका छौँ ।’

"पछिल्लो वर्षको हाम्रो डाटा हेर्ने हो भने २०१७ मा ९ लाख ४१ हजार ८ सय १२ पर्यटन भित्र्याएको र अहिले ९ लाख चानचुन आएका छन् भने लक्ष्य पूरा नहुने कुरै आउँदैन"

अरु विभिन्न पर्यटन क्षेत्रका संघसंस्थाले जस्तै मिलेर काम गर्दै आइरहेको उनको भनाइ छ । पर्यटन बोर्ड, एनएमए, टान, नाट्टासँग सहकार्य गर्दै उनीहरुले गर्ने कार्यक्रममा सहयोग गर्दै  आइरहेको तथा पर्यटन प्रवद्र्धनका विभिन्न सगरमाथा दिवस वातावरण दिवस यस्ता कार्यक्रम फोकस गदै सहभागिता जनाउँदै आएको उनले बताइन् । त्यस्तै, भिटोफले गर्ने कार्यक्रममा पनि सहभागि हुदै आफ्नो तर्फबाट हुने सहयोग गर्दै आइरहेको छ । जस्तो घलेगाउँ सिरुवारीदेखि लिएर यस्ता गाउँहरुमा पर्यटनहरुलाई लैजाने काम । 

विभिन्न किसिमका पर्यटकहरु आउने गर्दछन् । नेपालमा के छ, गाँउमा कसरी मानिसहरुले जीविका चलाएका छन् भन्ने खालका सोच भएका पर्यटकहरुलाई गाउँ पर्यटनमार्फत अथवा जिटिनमार्फत उनीहरुलाई ग्रामीण पर्यटनतर्फ लगेर होम स्टेसँग परिचित गराइरहेको उनले बताइन् । 

उनले भनिन्, ‘मुख्यतः पर्यटकहरु नेपाल आएर हर्ने भनेको हिमाल हो । बुद्ध जन्मेको ठाँउ लुम्बिनी, सगरमाथा जान चाहने धेरै पर्यटकहरु आउने गर्दछन् ।  हिमालको श्रृखला हेर्न चढ्नको लागि आउने गर्दछन् ।  धेरैजसो सगरमाथा सगरमाथा चढ्न नसक्नेहरु पनि हिमाल श्रृखला चढ्नको लागि आउने गर्दछन् । युरोपियनहरु चाहिँ मुख्यतया ट्रेकिङको लागि आउने गर्दछन् ।’

सरकारले राखेको २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ । उनले पछिल्लो वर्षको हाम्रो डाटा हेर्ने हो भने २०१७ मा ९ लाख ४१ हजार ८ सय १२ पर्यटन भित्र्याएको र अहिले ९ लाख चानचुन आएका छन् भने लक्ष्य पूरा नहुने कुरै नआउने बताइन्  ।

अझै २ वर्ष रहेकाले विभिन्न ठाँउमा बाटो, सडक, होटललगायत भौतिक संरचनाको राम्रो व्यवस्था गर्नसक्ने हो भने पर्यटक ल्याउन सकिने विचार व्यक्त गर्दै गुरुंगले राम्रो राम्रो ठाउँ जहाँ गाडीको रुटबाट जान सकिँदैन त्यस्ता ठाँउहरु लुक्ला, रारा तालतिर यसमा बाटोको भौतिक संरचनाहरुलाई राम्रो बनाउनु पर्ने बताइन् ।

यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार सबैले सहयोग गर्नुपर्ने उनी बताउँछिन् । व्यवसायीलाई ऋण दिएर समेत होटल खोल्नुपर्ने उनको बुझाइ छ । 

  • प्रस्तुति : सकला दवाडी 

सम्बन्धित समाचार

'अश्लिल' होइन सपना देख्नेहरुको संघर्षको कथा हो 'कथा काठमाडौँ' : संगीता श्रेष्ठ, निर्देशक

पछिल्लो समय चर्चामा रहेको फिल्म ‘कथा काठमाडौं’की निर्देशक संगीता श्रेष्ठ मिडियाकर्मी पनि हुन् । विगत १५ वर्षदेखि निर्देशनको क्षेत्रमा काम गर्दै आएकी श्रेष्ठले ७० वटाभन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेकी

साइकल चढेर नेपालको फन्को मार्दै ओम प्रकाश 

काठमाडौं । हरेक मान्छेका आफ्नै इच्छा हुन्छ । त्यही इच्छा पूरा गर्न मानिसले के गर्दैन ? जे पनि गर्न तयार हुन्छ। धेरैले पैसा कमाउँँदा सुख र सन्तुष्टि मिल्ने ठान्छन् तर जीवनमा

नेपालमा अल्जाइमर रोगीको तथ्यांक नै छैन  : डा. बराल

आफ्नो नामै बिर्सिने, उमेर बिर्सिने, आफ्नै परिवारको सदस्यलाई बिर्सिने, भर्खरै खाएको बसेको कुरा पनि बिर्सिने, बानी भएपछि के होला ? यस्तो अवस्थाले सबैलाई असजिलो बनाउँछ नै । हो यही अवस्थालाई

असल दाम्पत्य जीवनयापनमा तीजले राम्रो प्रभाव छोड्छ :  प्राडा कौण्डिन्न्यायन 

वि.सं. २०२४ सालमा तनहुँको चुँदी रम्घामा जन्मिएका हुन् आमोदवर्धन कौण्डिन्न्यायन (आचार्य) । उनले पूर्वमध्यमा तह भारतको बनारसबाट, उत्तरमध्यमा त्रिभुवन विश्वविद्यालयबाट, शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) राजधानीको वाल्मीकि क्याम्पसबाट विशिष्ट श्रेणीमा