• २०८१ बैशाख १४ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस अध्यक्ष राहुल गान्धी दुवै काठमाडौँमा  

kharibot

काठमाडौँ।  भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेका छन् ।

मानसरोवर यात्राका लागि निजी भ्रमणका क्रममा गान्धी काठमाडौं आइपुगेको बताइएको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका गान्धी भोलि बिहान पशुपतिनाथको दर्शन गरेर तिब्बत हुँदै शनिबार मानसरोबरको यात्रामा निस्कने बताइएको छ ।

परराष्ट्र मन्त्रालयएल भने गान्धीकाे नेपाल भ्रमणबारे कुनै जानकारी नभएकाे बताएकाे छ ।

गान्धीको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँमै भएका बेला भएको छ। मोदी बिम्स्टेकको चौथो सम्मेलनमा भाग लिन बिहिबार काठमाडौं आएका हुन् भने काँग्रेस अध्यक्ष गान्धी निजी भ्रमणका क्रममा नेपाल आएका हुन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै