• २०८१ बैशाख ११ मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश प्रस्थान 

kharibot

काठमाडौँ।  चौथो बिम्स्टेक सम्मेलनमा सहभागी भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीले बिदाई गरेका छन् ।

बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको सम्मेलनमा सहभागी भएर भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय वार्तासमेत गरेका थिए । दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा रक्सौल-काठमाडौँ रेल सञ्चालनको इन्जिनियरिङ अध्ययन गर्ने समझदारीमा समेत हस्ताक्षर भएको छ। 

त्यस्तै  मोदीले नेपालका प्रधानमन्त्री ओलीसँग संयुक्त रुपमा पशुपति क्षेत्रमा निर्मित नेपाल–भारत पशुपति मैत्री धर्मशालाको उद्घाटन पनि गरेका थिए ।भारत सरकारको २२ करोडको सहयोगमा बनेको सो धर्मशाला तिलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ८२ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा ३९८ श्यया रहेकाले एकैपटक ३९८ तीर्थयात्री बस्न सक्नेछन् । 

धर्मशालाको उद्घाटनपछि मोदीले पशुपति दर्शन गरेर बिमानस्थल गएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै