• २०८१ बैशाख १२ बुधबार

थाइल्याण्डका प्रधानमन्त्री र म्यान्मारका राष्ट्रपति स्वदेश फिर्ता

kharibot

काठमाडौँ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज अपराह्न स्वदेश फर्किएका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका छन् । बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन उहाँ बिहीबार काठमाडौँ आएका थिए । 

त्यस्तै बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यान्मारका राष्ट्रपति विन मिन्त पनि आजै अपराह्न स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै