• २०८१ बैशाख ११ मंगलबार

राहुल गान्धी किन आए काठमाडौँ ? यस्तो छ कारण 

kharibot

काठमाडौँ।  भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेका छन् । अनौपचारिक रुपमा एक्कासी राहुल गान्धी काठमाडौँ आएको खबरले एकछिन तरंगित भयो।  किनकी  प्रधानमन्त्री नरेन्द्र मोदी पनि शुक्रबार काठमाडौँमै थिए। यो एउटा संयोग मात्र थियो, भारतका सत्ता पक्ष र विपक्षका दुवै नेता एकसाथ काठमाडौँमा भएको।  

राहुल गान्धी मानसरोवर यात्राका लागि निजी भ्रमणका क्रममा गान्धी काठमाडौं आइपुगेका हुन्। लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका गान्धी आज बिहान पशुपतिनाथको दर्शन गरेर तिब्बत हुँदै मानसरोबरको यात्रामा निस्कने बताइएको छ । परराष्ट्र मन्त्रालयले भने गान्धीकाे नेपाल भ्रमणबारे कुनै जानकारी नभएकाे बताएकाे छ ।

किन जादै छन् गान्धी मानसरोबर ?

भारतीय काँग्रेसका अध्यक्ष गान्धीको यो यात्राको खास कारण रहेको छ। बिबिसी हिन्दीका अनुसार गत अप्रिलमा भएको भारतको कर्नाटका राज्यको चुनावका क्रममा गान्धी विमान दुर्घटना हुनबाट बचेका थिए। उनीसहित ५ जना चढेको विमान ७३५ फुट तलसम्म आएको थियो। सोहि बेला गान्धीले मानसरोबर जाने बाचा गरेको काँग्रेसका प्रवक्ता रणदीप सुरजेवालालाई उदृत गर्दै बिबिसीले जनाएको छ। गान्धीको यो यात्रा १२ देखि १५ दिनको हुने बताइएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै