• २०८१ बैशाख ७ शुक्रबार

एशियन कप क्वालिफायरमा सिंगापुरमाथि ओमानको शानदार जित 

kharibot

काठमाडौँ। एशियन कप क्वालिफायरमा ओमानले लगातार तेस्रो जित हासिल गरेको छ।  आज भएको खेलमा ओमानले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ। सिंगापुरले दिएको २१६ रन पछ्याएको ओमानले २६.४ ओभरमा २ विकेट गुमाएर सो लक्ष्य पुरा गरेको थियो। 

ओमानको जितमा अकिब इयासले तुफानी ब्याटिंगगर्दै ७० बलमा १०९ रन बनाएका थिए। त्यस्तै जतिन्दर सिंहले ५६, कन्वर अलीले ३६ नट आउट र वैभव वाटेगाओकरले १२ रन नट आउट बनाएका थिए। 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ५० ओभरमा ८ विकेट गुमाउदै २१५ रन बनाएको थियो। सिंगापुरका लागि अनिस परामले ७७ र रोहण रंगराजनले ६८ रन बनाएका थिए।  ओमानका बलर बिलाल खानले ४ विकेट लिएका थिए भने मोहमद नदीमले २ विकेट लिएका थिए। 

यो जितसँगैओमान लगातार ३ खेलमा जित निकाल्न सफल भएको छ भने सिंगापुरले तिनै खेलमा हार बेहोरेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै