• २०८१ बैशाख ७ शुक्रबार

एशिया कपमा भारतबाट विराट कोहली नखेल्ने, रोहित शर्मा बने कप्तान 

kharibot

काठमाडौँ।  एशिया कपका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ। भारतीय टिमका नियमित कप्तान विराट कोहलीलाई एशिया कपमा आराम दिइएको छ भने भारतीय टिमको नेतृत्व रोहित शर्माले गर्ने भएका छन्। त्यस्तै भारतीय टिमको उपकप्तान शिखर धवनलाई बनाइएको छ। 

हाल इङल्याण्डमा टेस्ट खेलिरहेका धवनसहित दिनेश कार्तिक, केएल राहुल, हार्दिक पाण्डेय र जस्प्रित बुमराह एशिया कपका लागि छानिएका छन् । १६ सदस्यीय टिममा रोहित शर्मा (कप्तान), शिखर धवन (उपकप्तान), महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, केएल राहुल, अम्बाती रायाडु, मनिष पाण्डे, केदार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, भुवनेश्वर कुमार, जस्प्रित बुमराह शर्दुल ठाकुर,खालील अहमद रहेका छन्।        

एशिया कपको खेल तालिका अनुसार भारत र पाकिस्तान समूह ए मा परेका छन् । भने यस समुहमा अर्को टिम  एशिया कप क्वालिफायर खेलेर आउने टिम हुने छ। यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् ।

दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् । 

आइसीसीले  तालिका अनुसार १५ सेप्टेम्बरमा बंगलादेश र श्रीलंकाबीच हुने छ, त्यस्तै १६ सेप्टेम्बरमा  पाकिस्तान र क्वालिफायरबाट आएको देशबीच, १७ सेप्टेम्बरमा श्रीलंका र अफगानिस्तानबीच, १८ सेप्टेम्बरमा भारत र क्वालिफायरबाट आएको देशबीच, १९ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच र २० सेप्टेम्बरमा बंगलादेश र अफगानिस्तानबीच समुह चरणका खेल हुने भएका छन्।  

त्यस्तै समुह चरणबाट शिर्ष ४ टिम एक अर्कासंग खेल्ने छन् भने शिर्ष २ टिम फाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल २८ सेप्टेम्बरमा हुने छ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै