• २०८१ बैशाख ६ बिहीबार

हिन्दुत्व पहिचान रक्षा गर्न महिलाहरुले हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्छ :  कमल थापा 

kharibot

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुत्व पहिचान रक्षाको निमित्त महिलाहरुले हस्तक्षेपकारी भुमिका निर्बाह गर्नुपर्ने बताएका छन् । 

पार्टीको भगिनि संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन भक्तपुर जिल्ला समितीद्वारा आयोजित महिला भेला तथा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले सामाजिक र सास्कृतिक चाड पर्बले आपसी सद्भाव, आत्मियता र  एकतालाई मजबुत बनाई नेपाली समाजलाई कसिलो सङ्ग आपसमा  जोडेको चर्चा गरे । 

गौरबशाली इतिहास , पहिचान र सस्कृती सिङ्गो मुलुकको पुजि भएको भन्दै थापाले इतिहासलाई मेटेर कुनै मुलुक समृद्धि बन्न नसक्ने दाबी गरे । 

सबल,समुन्नंत र स्वाधिन नेपाल निर्माणमा आग्रह पुर्बाग्रह भन्दा माथि उठि सबै लाग्नु आबश्यक भएको भन्दै थापाले मुलुकमा बढीरहेको महिला हिंसा र अपराधका घटनाप्रति चिन्ता व्यक्त गरे । महिलाहरुको हक,हित र रक्षार्थ सरकार गम्भीर रुपमा लाग्न समेत उनले ध्यानाकर्षण गराए ,उनले महिला हिंसा रोक्न सरकार असफल भएको समेत थपे । 

सो अबसरमा राप्रपाका नेताहरु कुन्ती शाही,लक्ष्मि प्रसाद सङ्रौला,राजाराम बर्तौला,निना भेटवाल, यबती कार्की,माधब खत्री लागायतले बोलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै