• २०८१ बैशाख १२ बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै अवरुद्ध, खुलाउने प्रयास जारी (अपडेट)

kharibot

काठमाडौं।  शनिबार बेलुकी ८ : ३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार बिहान सम्म पनि अझै सञ्चालनमा आउन सकेको छैन । धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाजलाई तान्न नसक्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

विमानस्थल बन्द हुँदा राती उडान हुने जहाज स्थगित भएको छ भने राती बाहिरबाट आएका जहाजलाई दिल्ली, लखनउ लगायतका ठाउँमा डाइभर्ट गरिएको छ । विमानस्थल खुल्न अझै कति समय लाग्छ भन्ने निश्चित नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार धावनमार्गमा रहेको यतिको जहाजलाई तान्ने प्रयास भैरहेको छ । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यति एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार बेलुकी  धावनमार्गमा चिप्लिएको हो । जहाजमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै