• २०८१ बैशाख ११ मंगलबार

रियल म्याड्रिडमा रोनाल्डोको यो रेकर्डलाई बेन्जामाले तोडे

kharibot

काठमाडौँ। क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछि अब रोनाल्डोको लिगेसीलाई करिम बेन्जामाले निरन्तरता दिने देखिएको छ।  ला लिगाक यस सिजनमा लगातार गोल गरेर बेन्जामाले सो कुरा प्रमाणित गरेका छन्। 

यसै बीच रियल म्याड्रिडमा रोनाल्डोले बनाएको एकरेकर्ड लाई बेन्जामाले तोडेका छन्। गएराती लेगानेजविरुद्ध गोल गर्दै बेन्जामाले लालिगाका ३३ टिमविरुद्ध गोल गर्दै रोनाल्डोको ३२ टिम विरुद्ध गरेको गोलको रेकर्ड तोडेका हुन्। रोनाल्डोले रियल म्याड्रिडमा हुदा ला लिगाका ३२ टिम विरुद्ध गोल गरेका थिए भने बेन्जामाले ३३ टिमविरुद्ध गोल गरेका छन्।  

ला लिगामा सबै भन्दा बढी टिमविरुद्ध गो गर्ने रेकर्ड भने बार्सिलोनाका लियोनेल मेसीको नाममा रहेको छ। मेसीले ला लिगाका ३६ टिमविरुद्ध गोल गरेका छन् भने एथलेटिक क्लबका अरिट्ज अडुरिजले ३५ क्लबविरुद्ध गोल गरेका छन्। त्यस्तै रियलकै पुर्व खेलाडी राउल गोन्जालेजले पनि ३५ क्लबविरुद्ध गोल गरेका थिए। 

त्यस्तै बार्सिलोनाका पुर्व खेलाडी जुलिओ सलिनाजले ३४ क्लबविरुद्ध गोल गरेका थिए भने अब बेन्जामा, म्याड्रिड कै लिजेण्ड खेलाडी हुगो साञ्चेज र इस्पेनियोलका आइकन खेलाडी राउल तमुड़ोले ३३ क्लब विरुद्ध गोल गरेका छन्।

नया सिजनमा क्रिस्टियानो रोनाल्डोको अभावमा बेन्जामा र बेलले गोल गरेर उनको अभाव खड्किन दिएका छैनन्। बेन्जामा र बेलले लगातार गोल गरेपछि रोनाल्डोको ठाउमा अर्को फरवार्डको आवश्यकता नभएको संदेश दुईले दिएका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै