• २०८१ बैशाख ७ शुक्रबार

रोल काटेको भन्दै सोनु सुदले छोडे कंगनाको फिल्म  'मणिकर्णिका' 

kharibot

मुम्बई।  बलिवुड अभिनेत्री कंगना रनावत अहिले फेरी विवादमा रहेकी छन्। कंगनाको आउदै गरेको नयाँ फिल्म 'मणिकर्णिका' का प्रमुख अभिनेता सोनु सुदले फिल्म छोडेपछि कंगना विवादमा आएकी हुन्। 

फिल्मको रिलिजको केहि महिना अगाडी सोनुले कंगनासँग विवाद हुदा फिल्म छोडेका हुन्। मुख्य भागको सुटिंग सकेर फिल्ममा अन्तिम चरणका केहि सुटिंग बाँकी हुँदा सोनुले फिल्म छोडेका छन्।   

सोनुले कंगनालाई फिल्ममा आफ्नो रोल घटाएको र मनोमानी गरेको आरोप लगाएका छन् भने कंगनाले भने महिला निर्देशकको अन्डरमाक आम गर्नुपर्ने भएकाले सोनुले फिल्म छोडेको आरोप लगाएकी छन्।  यस फिल्मलाई कंगनाले निर्देशन समेत् गरिरहेकी छन्। कंगनाले सोनुलाई आफुलाई कुरा राख्ने मौका समेत नदिएको बताउदै आफुले सोनुसँग कुरा गर्दा नयाँ कलाकारलाई लिएर फिल्म बनाउन सक्ने बताएको उल्लेख गरेकी छन्। 

कंगनाको जावफमा सोनुले महिला निर्देशक भन्ने कारण नभएको बताउदै आफुले यस अघि महिला निर्देशकसँग काम गरिसकेको बताए। अहिले भने यस फिल्ममा सोनुको ठाउँमा जिशान अयूबलाई कास्ट गरिएको छ। सोनुले सुटिंग गरेको सम्पूर्ण भाग फेरी सुटिंग गरिएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै