• २०८१ बैशाख ८ शनिबार

'कथा काठमाण्डौ’ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ। फिल्म 'कथा काठमाण्डौ’ ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रातको कुरा बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडी बढाएको फिल्मले त्यसपछी दुई गीत सार्वजनिक गरिसकेको छ । 

टेलिभिजनकर्मी, म्युजिक भिडियो निर्देशक, पुस्तक लेखिका लगायतको पहिचान बनाइसकेकी संगीता श्रेष्ठले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन । फिल्ममा उनले काठमाण्डौको तिन भिन्न भिन्न कथालाई देखाउने कोसिस गरेको बताएकी छिन । 

काठमाण्डौमा मुस्कान भित्र लुकेको ब्यथा नै फिल्मको मुख्य विषयवस्तु रहेको समेत बताएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता र निर्देशकसँगै कलाकार प्रमोद अग्रहरी, संजोह कोइराला र अभिनेत्री सन्ध्या केसी उपस्थित थिए ।

फिल्मको कथा निर्देशक संगीताले नै लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुज सिंहको छायांकन छ । फिल्ममा प्रमोद अग्रहरी , प्रियंका कार्की ,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ ।
 
अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् भने यसको भिएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् । फिल्म असोज १२ मा रिलिज हुनेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै