• २०८१ बैशाख ८ शनिबार

नयाँ चिकित्सक ऐन विरुद्ध डाक्टरहरु आन्दोलित

kharibot

काठमाडौँ  /  भदौ १ गते देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघले चिकित्सकहरुले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अरु सेवा बन्द गरेका चिकित्सकहरु  विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाए प्रदर्शनमा उत्रिएका छन्  । उनीहरु 'कामेको हातले चिर्न सकिदैन उपचारलाई अपराध भन्न पाइदैन' ,  'मुलुकी ऐन खारेज गर  हामीले हाँसेर सेवा गर्ने व्यवस्था गर ' जस्ता नाराका प्लेकार्डसहित  माइतीघर मण्डलामा प्रदर्सनीमा सहभागी थिए  ।

बिरामीको ज्यान बचाउने सफा नियतले आफूले भ्याएसम्म उपचार गर्दा केही अनपेक्षित घटना भए चिकित्सकलाई ज्यानमारासरह व्यवहार गर्ने कानुन संशोधन गर्न माग गर्दै उनीहरूले संगठित रुपमा देशभर विरोध सुरु गरेका हुन् ।

 आफ्ना मागप्रति सरकार संवेदनशील नभए शुक्रबारदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ । नेपाल चिकित्सक संघको आह्वानमा उनीहरूले आइतबार नै मेडिकल काउन्सिलमा लाइसेन्ससमेत जम्मा गर्ने घोषणा गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै