• २०८१ बैशाख १२ बुधबार

श्रीकृष्णजन्माष्टमीसँगै बारामा तीजको लहर !

kharibot

बारा -

  • तीजको लहर आयो बरी लै ! तीजको लहर आयो बरी लै !!
  • हंङ्खङ्गको साडीले नेपालको धुलो उडायो ! छम छम छम !!

यस्ता यस्तै तीज गीतको गुन्जनसँगै आइतबार मध्यतराईका विभिन्न जिल्लामा विविध कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको छ । 

आजकै दिनबाट हिन्दू तथा नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको रौनक गाउँ–गाउँदेखि लिएर सहरसम्म देखिन सुरु भएको छ । 

हिन्दुहरुको पर्व ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशको विभिन्न जिल्लामा श्रद्धा–भक्ति पूर्वक भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन तथा विशेष गरी महिलाहरुले ‘व्रत’ बसी रात भर जाग्रम बसी जनमाष्टमी मनाइरहेका हुन् । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिएको छ । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारको रुपमा जन्मनुभएका भगवान श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । 

महाभारतका अनुसार कुरुकक्षेत्रमा कौरव सँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारबिन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दुहरुको पवित्र ग्रन्थ मानिएको छ । 

सोही अवसरमा आइतवार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित केराढोकाको कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड् लागेको थियो । सो मन्दिरमा करिब एक हजार भक्तजनहरुले पुजा–अर्चना गर्नुका साथै नाँच–गान समेत गरेका छन् ।  

स्थानीय नारी शक्ति विकास मञ्चको आयोजनामा महिलाहरुको नृत्य प्रतियोगिता पनि गराईएको थियो । मंचकी अध्यक्ष दुर्गा कुमारी रिजालको अध्यक्षतामा भएको तीजको गीतमा नाच गान भएको थियो ।

केराढोकाको कृष्ण मन्दिर परिसरको भित्र र बाहिर श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्नुका साथै मेला समेत लागेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै