• २०८१ बैशाख ८ शनिबार

बिम्स्टेक शिखर सम्मेलन सफल पार्न सहयोग गर्नेलाई सरकारको धन्यवाद

kharibot

काठमाडौँ। सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त शिखर सम्मेलन प्रभावकारी रुपमा सम्पन्न भएकामा बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई धन्यवाद दिएको हो । 

यस्तै सम्मेलनलाई भव्यरुपमा सफल पार्न प्रभावकारी भूमिका निर्वाह गर्ने स्थानीय एवं प्रदेश सरकार, नागरिक तथा सञ्चारमाध्यमलाई पनि धन्यवाद दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । 

सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

त्यसैगरी सम्मेलनका कारणले सवारी चाप वा सर्वसाधारणले यात्राका क्रम वा अन्य समयमा पनि भोग्नुपरेको समस्याप्रति सरकार सम्बेदनशील र गम्भीर रहेको भन्दै आगामी दिनमा वैकल्पिक उपायबाट यस्ता महत्वपूर्ण सभा सम्मेलन गर्दा कुनै असुविधा नहुने व्यवस्था गर्ने प्रतिबद्धतासमेत सरकारले जनाएको छ । 

बिम्स्टेकको सफलताले नागरिकले भागेका सबै समस्यालाई बिर्साउने उल्लेख गर्दै मन्त्री अधिकारीले आगामी दिनमा वैकल्पिक उपाय खोजेर सकेसम्म जनतालाई कष्ट नहुने अवस्था सिर्जना गर्ने सन्दर्भमा मन्त्रिपरिषद् बैठकको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताए । 

यस्तै बैठकले ‘संस्थान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक’ तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर नियमनका लागि तयार गर्ने कानून निर्माण र पशु सेवा परिषद् स्थापनासम्बन्धी व्यवस्थाका लागि सैद्धान्तिक स्वीकृतिसमेत मन्त्रिपरिषद्को बैठकले दिएको मन्त्री अधिकारीले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै