• २०८१ बैशाख १२ बुधबार

वाटफोर्डसँग हार्यो टोटनह्याम

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत वाटफोर्डले शतप्रतिशत नतिजा निकालेको छ।  गएराती भएको खेलमा वाटफोर्डले टोटनह्यामलाई पराजित गर्दै यस सिजनमा खेलमा जित हासिल गर्दै १२ अंक बटुलेको छ। 

वाटफोर्डले टोटनह्यामलाई २-१ गोल अन्तरलले जितेको हो।  खेलका तिनै गोल वाटफोर्डका खेलाडीले गरेका थिए।  वाटफोर्डका लागि ट्रोय डेनी र क्रेग काथकार्टले एक एक गोल गरेका थिए भने वाटफोर्डकै अबड़ोउले डौकोरेले आत्मघाती गोल गरेका थिए। 

सरुका तीन खेल लगातार जितेको टोटनह्यामले चौथो खेलमा हर बेहोर्दै जितको शिलशिलामा ब्रेक लागेको छ। टोटनह्यामाको ४ खेलमा ९ अंक रहेको छ भने वाटफोर्डले ४ खेलमा १२ अंक बटुल्दै अहिलेसम्म सबै खेल जित्ने चेल्सी र लिभरपुलसँगै रहेको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै