• २०८१ बैशाख ८ शनिबार

कपिलवस्तुमा ७ महिनाकी गर्भवती महिला बलात्कृत, ३ जना पक्राउ 

kharibot

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाकी गर्भवती महिला बलात्कृत भएकी छन्।  बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विजय नगर गाउंपालिका वडा नंं. ७ का ३ जना २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वरसाती केवट र ३८ वर्षीय प्रह्लाद केवट रहेका छन् ।

कपिलवस्तु प्रहरीका अनुसार गर्भवती महिलालाई जबरजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई सोमवार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको मंगलबार राति घरमा एक्लै रहेको अवस्थामा उनीहरुले ३८ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको पीडितले किटानी जाहेरीमा उल्लेख गरेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै