• २०८१ बैशाख १३ बिहीबार

इलाममा आगलागीबाट दुई करोड बराबरको क्षति

kharibot

इलाम । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रू. २ करोडको क्षति भएको छ ।

देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

बेलुका करीब ८ बजे शुरु भएको आगलागी ११ बजे राती पाँचथरको फिदिम नगरपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो । दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी समेतको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट राँके बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका श्रीबहादुर विष्टको जुत्ता, चप्पल र फेन्सी पसल साथै तीलविक्रम बस्नेतको खाद्यान्न एवं किराना पसल जलेर पूर्णरुपमा नष्ट भएको बताइएको छ ।

आगलागीमा दुई वटा एलपी ग्यास पड्किएको स्थानीय बासिन्दाले जानकारी दिए । पानी परेकाले पनि आगलागी नियन्त्रणमा सहज भएको स्थानीय बासिन्दाको भनाइ छ । राति भएको आगलागीबाट क्षतिको यकिन विवरण भने आइनसकेको बताइएको छ ।

मेची राजमार्गसँगै जोडिएको राँके बजारमा करीब दुई वर्ष अगाडि पनि आगलागी हुँदा केही घर जलेर नष्ट भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै