• २०८१ बैशाख ८ शनिबार

२३ राष्ट्रका सैनिक अधिकृतको सम्मेलन नेपालमा सुरु 

kharibot

काठमाडौं । नेपाली सेना र अमेरिकी इन्डोप्यासिफिक कमान्ड डिरेक्टोरेट अफ इन्टेलिजेन्सको संयुक्त आयोजनामा एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फरेन्स काठमाडौंमा सुरु भएको छ ।

सोमबारबाट सुरु ११औँ सम्मेलनको कामु प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले होटल हायातमा उद्घाटन गरेका हुन् । 

यस्तो सम्मेलन नेपालमा पहिलोपटक सञ्चालन भएको हो । सम्मेलनमा २३ राष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरु ८३ र नेपाली सेनाको तर्फबाट २० जना गरी जम्मा १०३ जनाको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।

सम्मेलन २० गतेसम्म सञ्चालन हुनेछ । सहभागी हुन आएका उच्च तहका विदेशी सैनिकहरुलाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराउने कार्यक्रम समेत रहेको छ । 

यसप्रकारका सम्मेलनले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतीको समाधानमा सघाउ पुग्ने सेनाको विश्वास छ । उद्घाटन समारोहमा नेपाली सेनाका रथीवृन्दहरु, रक्षा मन्त्रालयका प्रतिनिधि तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै