• २०८१ बैशाख ८ शनिबार

फिफाको बर्ष खेलाडीको अन्तिम तीन जनामा रोनाल्डो, मोड्रीच र सलाह, मेसी परेनन्  

kharibot

काठमाडौँ ।  फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०१८ को उत्कृष्ट खेलाडीको अन्तिम तीन जनाको सुची सार्वजनिक गरेको छ। 

बर्ष खेलाडीको अवार्डका लागि फिफाले यसअघि सार्वजनिक गरेको १० खेलाडीबाट उत्कृष्ट ३ जनामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, क्रोसियाका लुका मोड्रीच र इजिप्टका  मोहमद सलाह रहेका छन्।  तिनै जना हालै युइएफ़एले दिएको युरोपको उत्कृष्ट खेलाडीको अवार्डमा पनि अन्तिम तीनमा थिए जसमा मोड्रीचले सो अवार्ड पाएका थिए। 

फिफाको बर्ष खेलाडीको अन्तिम तीनमा अर्जेन्टिनाका लियोनेल मेसी परेनन्।  मेसीले बार्सिलोनालाई ला लिगा र कोपा डेल रे जिताए पनि च्याम्पियन्सलिग मा भने बार्सिलोना अन्तिम १६ बाट बाहिरिएको थियो।  त्यस्तै विश्वकपमा पनि अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो।  

फिफाले गत श्रावन ८ गते सार्वजनिक गरेको १० जनाको सुचिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी, फ्रान्सका किलियन एम्बाप्पे, फ्रान्स कै एन्टोनी ग्रिजम्यान, फ्रान्सकै राफेल भेरान, इजिप्टका  मोहमद सलाह, क्रोसियाका लुका मोड्रीच, बेल्जियमका इडेन हजार्ड, बेल्जियमकै केभिन डे ब्रुने र इङल्याण्डका ह्यारी केन रहेका थिए ।

यस सुचिमा ब्राजिलका चर्चित फुटबलर नेइमार, बेल्जियमका रोमेलु लुकाकु यस सुचिमा परेका थिएनन् । 

मनोनयनमा परेका रोनाल्डोले यस सिजनमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताएका छन् भने विश्वकपमा ४ गोल गरेका छन्।  

त्यस्तै क्रोसियाका लुका मोड्रीचले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताएका छन् भने क्रोसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याएका थिए।  उनी यस विश्वकपका उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल विजेता पनि हुन् भने उनले यस बर्षको युरोपको उत्कृष्ट फुटबलरको अवार्ड पनि जितिसकेका छन् ।  

त्यस्तै अन्तिम तीनमा पुगेका मोहमद सलाह यस बर्षको प्रिमियर लिगको उत्कृष्ट खेलाडी हुन् भने उनले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए।        

फिफाले ३ जुलाई २०१७ देखि १५ जुलाई २०१८ सम्म अन्तर्राष्ट्रिय र क्लब स्तरमा गरेको प्रदर्शनलाई आधार बनाएर बर्षको उत्कृष्ट खेलाडी छानिएको बताएको छ । फिफाको ४ सदस्यीय प्यानलले यो सुची छानेको हो।  सो प्यानलमा ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो, इङल्याण्डका फ्रान्क लामपार्ड, ब्राजिलका नाजारियो र इङल्याण्डका पुर्व म्यानेजर फाबियो कापेलो रहेका थिए।

फिफाले यी १० खेलाडीलाई विश्वभरका फ्यानहरुलाई आगामी अगस्ट १० सम्म मत दिन भनेको थियो ।  फिफाले आगामी सेप्टेम्बर २४ मा लन्डनमा हुने फिफाको कार्यक्रममा बर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिइने फिफाले जनाएको छ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै