• २०८१ बैशाख १३ बिहीबार

एसिया कप क्वालिफायरमा मंगलबार नेपाल हङकङसँग खेल्दै, चमत्कारको आशामा क्रिकेटप्रेमी    

kharibot

काठमाडौं।  एसिया कप क्रिकेट क्वालिफायरमा नेपाल अप्ठ्यारो स्थितिमा रहेको छ।  सुरुका दुई खेलमा हार बेहोरेपछि अब शिर्ष दुई स्थानमा ठाउ बनाउन नेपाललाई ठुलो चमत्कार गर्नु पर्ने भएको छ। 

नेपालले लिगको अन्तिम खेलमा मंगलबार चिरप्रतिद्वन्द्वी हङकङसँग खेल्दैछ । फाइनलमा पुग्नका लागि नेपालले सामान्य जित हासिल गरेर हुदैन् । नेपालले फराकिलो अन्तरले जितेर मात्र पनि हुदैन ओमानले युएईलाई पनि त्यस्तै फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ।  

अंक तालिकामा ओमानको ७ अंक छ भने यूएईको ६ र हङकङको ५ अंक छ भने नेपालको ४ अंक रहेको छ । सिंगापुरसँग ठुलो अन्तरले जित हासिल गर्न नसक्दा नेपालको रनरेट सुधार हुन् सकेन जसको कारण अब हङकङसँग ठुलो अन्तरमा जित हासिल गर्ने दबाब बनेको छ। सिंगापुरसँगको खेलमा रनरेट सुधार्ने सहि मौका हुदा पनि कप्तान पारस खड्का र कोच जगत टमाटाको खेलाडी छनौटमा प्रश्न उठेको छ।

पछिल्ला सात खेलमा नेपाल र हङकङ ७ पटक खेलेका छन जसमा नेपालले चार खेलमा जित निकालेको छ भने हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ ।

अहिले यति रन बनाउने या यति ओभरमा जित्ने भन्दापनि नेपाल अंकगणितीय हिसाबमा मात्र फाइनलको दौडमा रहेको छ त्यसैले नेपाल कुनै चमत्कार भएमात्र फाइनलमा पुग्ने अवस्था देखिन्छ।

यस पतियोगितामा नेपाल जस्तो खेल खेलिरहेको छ यसबाट नेपालमा फाइनलमा पुग्न असम्भव जस्तै नै छ। तरपनि नेपाली क्रिकेटप्रेमीहरु केहि चमत्कार हुने आशामा मंगलबारको खेललाई लिएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै