• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डोले रियल छोड्छन् भने कल्पना पनि गरेको थिइन - लियोनेल मेसी 

kharibot

काठमाडौँ।  बार्सिलोनाका सुपरस्टार लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डो बिना रियल म्याड्रिड कमजोर रहेको बताएका छन्। काटालुनिया रेडियोलाई दिएको एक अन्तर्वार्तामा मेसीले रियल म्याड्रिड विश्वकै उत्कृष्ट क्लब रहेको र यसका खेलाडीहरु पनि उत्कृष्ट रहेपनि रोनाल्डो बिना कमजोर रहने बताएका छन्। मेसीले रोनाल्डोका कारण च्याम्पियन्स लिगको फेभरेट टिम युभेन्टस भएको बताएका छन्। 

मेसीले भने, रियल म्याड्रिड उत्कृष्ट क्लब हो तर रोनाल्डो बिना केहि कमि देखिन्छ र युभेन्टस च्याम्पियन्स लिगका लागि प्रमुख दाबेदार बनेको छ। '
रोनाल्डोले रियल म्याड्रिड छोड्दा आफु अचम्म परेको भन्दै मेसीले मैले रोनाल्डोले रियल छोड्छन् भने कल्पना पनि गरेको थिइन, तर रोनाल्डोलाई चाहने विश्वमा धेरै क्लब भएको र उनी उत्कृष्ट क्लबमा गएको मेसीको प्रतिक्रिया रहेको छ । 

मेसीले बार्सिलोनाले नयाँ खेलाडी भित्राएर उत्कृष्ट फुटबल खेल्न तयार रहेको पनि बताएका छन्।  यस सिजनमा अर्थर, लेंगलेट, मालकम र भिडाललाई ल्याएको बार्सिलोनाले आफ्नो पछिल्लो ला लिगा खेलमा हुएसकालाई ८-२ ले पराजित गरेको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै