काठमाडौं। नेपाल टेलिकमलको देशभरका मोबाइल फोनमा मंगलबार बिहानैदेखि समस्या अाएको छ । यसले गर्दा लाखौँ ग्राहक प्रभावित भएका छन् ।
टेलिकमले प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको बताएको छ । तर ल्याण्ड लाइन सेवामा भने कुनै समस्या नभएको जनाएको छ । टेलिकमले सेवाग्राहीले पाएको असुविधाप्रति क्षमा माग्दै १४९८ मा फोन गरेर थप जानकारी लिन आग्रह पनि गरेको छ ।
नेपाल टेलिकमले समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ।