• २०८१ बैशाख १२ बुधबार

अज्ञात व्यक्तिको गोली प्रहारबाट धनुषामा एकजना गम्भीर घाइते, उपचारका लागि काठमाडौँ लगियो  

kharibot

जनकपुरधाम। जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका ७ मा सोमबार राति अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन्। गोली प्रहारबाट लक्ष्मीनियाँ गाउँपालिका ६ का अन्दाजी ३५ वर्षिय संजय शर्मा गम्भीर घाइते भएका हुन्।

घाइते शर्मालाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको धनुषा प्रहरीले जनाएको छ। उनको दाहिने पेटमा गोली लागेको छ।

सोमबार राति साढे ९ बजेको समयमा शर्मा दाजुभाई मोटरसाइकलमा जनकपुरबाट घर फर्किरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकलमा भागेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै