एशिया कप क्वालिफायरको हङकङविरुद्धको खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विकेट लिएपछि। सन्दीपले यस खेलमा १० ओभरमा २ ओभर मेडनसहित २७ रन दिएर ५ विकेट लिएका छन् । सन्दीपले ४ खेलमा कुल १४ विकेट लिए । नेपालले यो खेल ३ विकेटले गुमाउदै एशिया कप खेल्नबाट बन्चित भएको छ।