मेक्सिको । मेक्सिकोको एउटा सहरले खुल्ला स्थानमा यौनसम्पर्क गर्न पाइने व्यवस्था गरेको छ । डेटिंग गएका युवायुवतीहरुले यौनसम्पर्क राखेको स्थानमा पुगेर प्रहरीले पैसा असुल्नथालेपछि सहरमा यस्तो नियम लागू गरिएको बताइएको छ ।
यस्तो नियमपछि प्रहरीले सार्वजनिक स्थान, गाडीभित्र सेक्स गर्ने जोडीलाई यत्तिकै समाउन सक्नेछैनन् तर कसैले औपचारिक रुपमा उजुरी गरेमा भने त्यस्ता जोडीलाई कानुन लाग्नेछ । कसैले आफूलाई केही फरक नपर्ने अवस्थामा भने खुल्ला स्थानमै जोडीहरुले यौनलिला गर्न पाउनेछन् ।
मेक्सिकोको दोस्रो ठूलो सहर गुआडालाजाराले यस्तो कानुन लगाएपछि विश्वको ध्यान तानेको हो । अगष्टदेखि यस्तो अनौठो नियम सहरमा लागू भएको हो । उक्त नियम सिटिजन मुभमेन्ट काउन्सिलर गुआडालुपे मोर्पिmन ओटेरोले प्रस्तुत गरेका थिए ।
सेक्सलाई माया साटासाटको रुपमा हेर्नुपर्ने उनको भनाइ छ । सार्वजनिक र निजी विश्वविद्यालयका ९० प्रतिशतभन्दा बढी विद्यार्थीले आफूहरुले सेक्स गरेको थाहा पाएपछि प्रहरीले बार्गेनिंग गरेर पैसा असुल्ने गरेको भन्दै सेक्सलाई अनुमति दिन माग गरेका थिए ।
तर यस्तो नियमको मेक्सिकोकै कतिपय पार्टीहरुले भने विरोध गरेका छन् । अन्य उपाय अपनाइनुको साटो यस्तो नियम लागू भएको भन्दै आलोचकहरु आक्रोशित भएका छन् ।