• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीलाई सांसदहरुको प्रश्न - सैनिक शासन ल्याउन सैन्य तालिम गर्न लागेको हो ? 

kharibot

काठमाडौँ। प्रतिनिधि सभामा सांसदहरुले भारतमा हुने बिम्स्टेक देशहरुको सेनाको तालिम बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई छन्। सांसद दिव्यराज भण्डारीले सार्कमा नभएको सेनाको तालिम हुनुपर्यो भन्दै प्रश्न गरेका थिए। त्यस्तै काँग्रेसका सांसद डा.मिनेन्द्र रिजालले संयुक्तरुपमा सेनाको तालिम किन  भन्ने प्रश्न राखेका थिए। 

सांसद डा. अमरेश कुमार सिंहले सार्क असफल बनाएर बिम्स्टेकलाई सफल बनाउन  भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। उनले देशमा सैन्य शासन लगाउन भारतमा सैन्य तालिम गर्न लागेको हो भन्ने प्रश्न गरेका थिए।  काँग्रेसका सांसद भरत शाहले गोकर्णमा गर्ने रिट्रिट सोल्टी मै गर्दा हाम्रो क्षमता कसरी बढ्यो भन्दै प्रश्न गरेका थिए। सांसद राजेन्द्र केसीले ग्रिड कनेक्सन सार्कमा पनि भएको थियो त्यो र अहिलेको समझदारीमा के फरक छ भन्ने प्रश्न गरेका थिए।  भारतीय रुपैया साट्ने विषयमा के भयो भन्ने प्रश्न गरेका थिए। 

काँग्रेसका सांसद दिलेन्द्र बडूले सार्कको विकल्पमा बिम्स्टेकलाई ल्याइएको भन्ने बुझाईलाई प्रधानमन्त्रीले कसरि हेर्नु भएको छ भन्ने प्रश्न गरेका थिए। सांसद संजय गौतमले सैन्य अभ्यास बारे स्पष्ट गर्न आग्रह गरेका थिए।  त्यस्तै सांसदहरुले  राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमले सिग्नापुर वार्तामा गोर्खा सेनालाई विस्वास गरेको तर भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा भारतीय सेना किन नेपालमा आए भन्ने प्रश्न गरेका थिए।  

सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले बिम्स्टेक सार्कको विकल्प नभएको बताउदै बिम्स्टेकलाई सार्कको विकल्पको रुपमा नबुझ्न आग्रह गरेका थिए।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै