• २०८१ बैशाख ७ शुक्रबार

बानेश्वरबाट हराएकी बालिका वीरगञ्जमा भेटिइन्, परिवारलाई जिम्मा लगाइदै

kharibot

काठमाडौं । गत साउन २८ गते राजधानीको बानेश्वरबाट हराएकी बालिका निक्की पराजुली वीरगञ्जमा फेला परेकी छिन् ।

उनलाई गत आइतबार वीरगञ्जमा प्रहरीले फेला पारेको हो । 

हाल उनलाई केही दिनपछि परिवारको जिम्मा लगाइने महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

उनी भ्याली भ्यु बोर्डिंगमा १० कक्षामा पढ्छिन् ।

उनी घरबाट निस्किएपछि फर्केर घर नआएपछि परिवारले महानगरीय प्रहरी वृत्त गौशालामा जानकारी दिएका थिए ।  

सोहीअनुसार प्रहरीले खोजी गरिरहेको थियो । 

१५ वर्षकी उनी साथीको लहैलहैमा वीरगंज गएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै