• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा झण्डै चार अंकको बृद्धि, छ वटा समुहले कमाउँदा चार समुहले गुुमाए

kharibot

काठमाडौं। सेयर बजारमा आज पनि सुधार आएको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से तीन दसमलव ९८ अंकले बढेर १२ सय १० दसमलव २४ बिन्दुुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव ९९ अंकले बढेर दुुई दसमलव ५५ अंकले बढेर ८६ बिन्दुुमा चढेको छ ।

एक सय ७२ कम्पनीहरुको पाँच हजार सात सय ४० वटा कारोवारमा १७ लाख ५५ हजार पाँच सय ८७ कित्ता सेयर खरिद बिक्र भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कारोवार रकम ५२ करोड १९ लाख २२ हजार पाँच सय ७२ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा चार वटा समुहको कारोवार सुचक आरालो लागेपनि छ वटा समुहको कारोवार सुचक माथि चढेको छ । बाँणिज्य बैक समुहको सुचक छ दसमलव चार अंकले माथि चढेर एक हजार ५४ दसमलव ६६ बिन्दुुमा पुुगेकोमा २६ करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समुहको सुचक पनि छ दसमलव ३६ अंकले माथि चढेर १४ सय ६१ दसमलव ६४ बिन्दुुमा पुुगेकोमा तीन करोड १० लाख ९५ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज र्निर्जिवन बीमा समुहको सुचक पनि दुुई दसमलव तीन अंकले माथि चढेर पाँच हजार आठ सय ९२ दसमलव ५४ बिन्दुुमा पुुगेकोमा दुुई करोड ५७ लाख ५६ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज होटल, फाईनान्स र अन्य समुहको सुचकमा पनि सामान्य अंकले सुधार आएको छ भने जलबिद्युुत, जीवन बीमा, उत्पादनमुुलक र अन्य समृुहको सुचकमा गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको कावेली बिकास बैंकको सेयर मुल्य नौ रुपैयाँ २६ पैसाले बढेर दुुई सय ३७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको  आखुुखोला जलबिद्युुत आयोजनाको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९८ पैसाले घटेर दुुई सय ४१ रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका आधारमा अगाडि देखिएको नेपाल इन्भेष्ट बैंकको प्रतिकित्ता पाँच सय ८२ रुपैयाँ अन्तिम मुल्यमा १० करोड १७ लाख १५ हजार दुई सय ६० रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै