• २०८१ बैशाख ७ शुक्रबार

गुराँस लाइफसँग एनआईसीले गर्यो बैंकास्योरेन्स सम्झौता

kharibot

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 

सम्झौताअनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएका २ सय ४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरे । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१ शखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताइएको छ । 
बैंकको वासलातको आकार १ सय ८५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ५५ अर्ब तथा कर्जा १ सय २८ अर्ब रुपैयाँ पुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै