• २०८१ बैशाख ८ शनिबार

‘पैसा तिर्नै नसक्ने बिरामीलाई वीर अस्पतालको इमर्जेन्सीमा ५० प्रतिशत छुट’ 

kharibot

नेपालकै जेठो वीर अस्पतालले जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसियनअन्तर्गत इमर्जन्सी सेवा, ज्येष्ठ नागरिक क्लिनिक, जनरल हेल्थ चेक, एआरटी सेवालगायतका सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको  इमर्जेन्सी विभागमा कार्यरत चिफ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा.केदार प्रसाद सेञ्चुरीसँग वीर अस्पतालमा आउने इमर्जेन्सी बिरामीको सन्दर्भ गरिएको कुराकानीमा आधारित कुराकानीको सम्पादित अंश :

वीर अस्पतालको सेवा सुविधा के कस्ता छन् ? 

हाम्रो बढी फोकस इमर्जेन्सी (आकस्मिक बिरामी)लाई नै हो । ओपीडी इमर्जेन्सी र इण्डो सेवा उपलब्ध गराउँदै आएका छौं । सबै किसिमका इमर्जेन्सी बिरामीको उपचार गराउँछौं । देशका विभिन्न ठाउँबाट जिल्ला र गाउँबाट बिरामी आउने गर्दछन् । खास गरेर इमर्जेन्सीमा ‘सिरियस बिरामीहरु हुन्छन् । तुरुन्तै केही गरेन भने ज्यान जोखिममा रहने बिरामीलाई हेर्ने गर्दछौं । स्त्री तथा प्रसूतिसम्बन्धी रोग, आँखासम्बन्धी रोग, बालबालिकासँग सम्बन्धित रोग र मानसिक रोगका बिरामीको लागि भने वीरमा इमर्जेन्सी सेवा उपलब्ध छैन । 

कति बेड छन् इमर्जेन्सीमा ?

रिफरको २२ बेड र अब्जर्भेसन ११ गरी इमर्जेन्सीका ३३ वटा बेड छन्  भने अस्पतालमा ४ सय ६० सिट क्षमता रहेको छ । जसको १० प्रतिशत अर्थात् ४६ बेड इमर्जेन्सीको लागि हुनुपर्ने मान्यता भएता पनि भूकम्पपछि स्थानको अभावले गर्दा आवश्यक बेड उपलब्ध गराउन सकेका छैनौं ।

कस्ता किसिमका बिरामीहरु वीरमा आउने गर्दछन् ?   

श्वासप्रश्वासमा समस्या भएका, बेहोस भएका, मुटुसम्बन्धी रोग भएका पेट दुःखेका र अप्रेसन तुरुन्तै गर्नुपर्ने, मिर्गौलासम्बन्धी, दमसम्बन्धी बिरामीहरु बढी आउने गर्दछन् । 

न्याम्सकै एउटा पार्ट ट्रमा सेन्टर पनि नजिकै रहेकोले ट्रमामा चोटपटक लागेका बिरामी उता जाने गरेका छन् । अरु किसिमका बिरामीहरु पेट दुःखेर एपेन्डिक्स भएका बिरामीहरु, पित्तको थैलीमा पत्थरी भएर एकदमै पेट दुःखेका बिरामीहरु, हृदयाघातका बिरामीहरु आउँछन् । 

पेटसम्बन्धी विभिन्न किसिमका एपेन्डिटाइटिस, क्लोसिसाइटिस, अल्सरका बिरामीहरु आउने गर्दछन् । उनीहरुको अवस्था हेरेर अप्रेसन गर्नुपर्ने हो कि मेडिसिनबाटै व्यवस्था गर्न सकिने हो रोगअनुसार उपचार गर्ने गर्छौँ । 

मिर्गौला फेल भएका बिरामीहरु डायलासिस गर्नुपर्ने खालका बिरामीहरु रगत धेरै बग्ने गरेका बिरामीहरु धेरै आउँछन् । 

बिरामी कताबाट आउने गर्दछन् ? 

उपत्यका भित्र र बाहिरबाट, विभिन्न अस्पतालबाट रिफर भएर पनि आउने गर्दछन् प्राइभेट हस्पिटलहरुबाट । जिल्लातिरबाट  धेरै आउँछन् त्यहाँ उपचार हुन नसकेका धेरै बिरामीहरु  आउने गर्दछन् । त्यहाँ उपचार हुन नसकेको सिरियस बिरामीहरु यहाँ आउने गर्दछन् ।  

देशकै ठूलो सरकारी अस्पतालमा निःशुल्क सेवासुविधा उपलब्धताको अवस्था कस्तो छ ? 

ज्येष्ठ नागरिक, विपन्न वर्गलाई निःशुल्क सेवा उपलब्ध गराउँछौँ । धेरैजसो निःशुल्क हुन्छ केही त सशुल्क पनि हुन्छ । तिर्न नसक्ने छ भने ५० प्रतिशतसम्म छुट हन्छ । रुटिङ जाचँहरु भने निःशुल्क हुन्छ । अवस्था हेरेर छुट दिने गर्दछ । सामाजिक सेवा इकाइ समिति छ । यसले बिरामीको अवस्था हेरेर काम गर्दछ । अर्को अस्पतालमा आउने भनेका बेवारिसे बिरामी हो ।

पुलिसले यहाँ ल्याएर छोडिदिन्छन् । र हामी उपचार गरिदिन्छौं । सञ्जीवनी  भन्ने संस्थाको सहयोगमा उनीहरुको हेरचाहको लागि छुट्टै मान्छेहरु पनि राखिएको छ ।  यो एउटा स्वयम् सेवक संस्था हो । यसले गरिब असहाय, बालबालिका वृद्धवृद्धालाई सहयोग गर्दै आइरहेको छ । ब्लड चाहियो भने उपलब्ध गरादिन्छ, कोही एक्लै छ भने सहयोग गर्ने खानाको पनि व्यवस्था गर्दै आएको छ ।  

अस्पतालका समस्याहरु के के छन् ? 

बेडको अभाव मुख्य समस्या छ । सबै बिरामीलाई उपचार गराउनसक्ने क्षमताका बेड छैनन् । बन्न अझै केही समय लाग्छ । यद्यपि सात सय बेड क्षमताको नयाँ भवन बन्दै छ । इमर्जेन्सीमा केही बेड थप्ने तयारीमा छौंं । एक वर्षदेखि अस्पतालले आफ्नै फार्मेसी सुरु गरेको छ । इमर्जेन्सीमा २२ वटा मात्रै बेड छन् । कतिपय अवस्थामा सबैतिर प्याक हुँदा बिरामीलाई राख्न सकिँदैन ।

यो वीरजस्तो अस्पतालको सबैभन्दा ठूलो समस्या हो । आईसीयू चाहियो, आईसीयू छैन भने आईसीयू कहाँ छ त्यहाँ पठाउनुपर्ने हुन्छ । कहिले प्राइभेट मेडिकल कलेजहरुमा, ठूला अस्पतालहरुमा जस्तो नर्भिक, टिचिङ हस्पिटलमा रिफर गर्ने गर्दछौँ ।  मुटुसम्बन्धी अप्रेसन गर्नुपर्यो भने गंगालाल नै पठाइन्छ । 

नेपालमा औषधिको आत्मनिर्भरताको अवस्था कस्तो छ ? 
औषधिमा आत्मनिर्भर भइसकेका छैनौँ । धेरै औषधिहरु बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । जीवनरक्षक औषधिहरु अझै पनि नेपालले बनाउनसकेको छैन । बाहिरबाट मगाउनुपर्ने अवस्था छ । एण्टिबाइटिकहरु धेरै हदसम्म नेपालमा नै बन्नथालेका छन् । नेपाल सरकारले पनि नेपालमा औषधि लिमिटेड भनेर फेरि सुरु गरेको छ । यसबाट विभिन्न औषधि उत्पादन भइरहेका छन् । यसरी हेर्दा लगभग ५० प्रतिशतजति औषधि मात्रै नेपालमा उत्पादन हुन्छ । 

  • प्रस्तुति : सकला दवाडी/खरीबोट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै