• २०८१ बैशाख ८ शनिबार

बिम्स्टेक देशको सैन्य तालिमले नेपाललाई ठुलो असर गर्छ - नेकपा नेता भिम रावल 

kharibot

काठमाडौँ। नेकपाका नेता भिम रावलले भारतमा हुने सैनिक अभ्यासका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा छन्। 

बिम्स्टेक सम्मेलनको भाषणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा बिम्स्टेक देशका सदस्यहरुको सैन्य तालिम हुने भन्दै नेपाल जस्तो स्वतन्त्र देशले बिम्स्टेक मार्फत कुनै किसिमको सैन्य तालिम भए दिर्घकालिनरुपमा रणनीतिक, राजनीतिक क्षति पुग्ने बताए। 

सांसद रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको सम्बोधनमा सैन्य तालिम हुने सम्झौता नभएको गर्दै प्रधानमन्त्रीले संसद मै भनेको कुरा सहि होस् भन्दै सैन्य तालिम नेपालको हितमा नहुने बताए। 

भारतीय विदेश मन्त्रालयले नै प्रधानसेनापति सहितको विशेष बैठक र सेनाको तालिम हुने उल्लेख गरेको सन्दर्भ उल्लेख गर्दै सांसद रावल नेपाल राष्ट्रमंडल देश जस्तो नभएको बताए। नेपाल स्वतन्त्र देश भएकोले बिम्स्टेक होस् या सार्क होस् आफ्नो संबेदनशीलता बिर्सेर सेन तालिममा सहभागी हुनुहुदैन भन्ने भनाइ राखेका थिए। 

प्राप्त विवरण अनुसार भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा बिम्स्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्ने भएका छन् । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०/३० सैन्य अधिकारीले सहभागिता जनाउने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै