• २०८१ बैशाख १३ बिहीबार

माछापुुच्छ्रे बैंकको रियल टाइममा नै खाता खोल्न २ शाखारहित बैंकिङ सेवा

kharibot

काठमडौं । माछापुुच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवा नान्कारकट्टीमा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

योसहित माछापुुच्छ्रे बैंक लिमिटेडको हालसम्म २७ शाखा रहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखारहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिंग सुविधा प्रदान गरिरहेको छ ।

साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै