• २०८१ बैशाख १४ शुक्रबार

जापानमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प, राहत र उद्धार कार्य जारी 

kharibot

टोकियो। जापानको उत्तरी आइल्याण्ड होकाइदोमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ । जापानको उत्तरी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको सिएनएनले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ३ बजे गएको भूकम्पका बेलामा भर्‍याङबाट लडेर ८२ वर्षका एक वृद्धको ज्यान गएको छ भने स्थानीय एनएचके च्यानलले २० जना हराइरहेको जनाएको छ । एनएचकेका अनुसार १२० जना घाइते भएका छन् भने भूकम्पका कारण सडक र घर भत्किएका छन् ।

उद्धारको कामलाई प्राथमिकता दिन प्रधामन्त्री सिन्जो आवेले निर्देशन दिएका छन् । भूकम्पको परकम्प अहिले पनि आइरहेको छ । तर सुनामीको खतरा भने नरहेको खबरमा उल्लेख छ ।

जापानका सरकारी अधिकारिहरुले भुकम्प आएको क्षेत्र नजिक रहेको तोमारी न्युक्लियर प्लान्टमा बिद्युत आपूर्ति बन्द भएको उल्लेख गरेका छन्। भुकम्पका कारण ३० लाख मानिसहरु विद्युतबाट बन्चित भएको बताइएको छ।  जापानको भुगर्व विभागले यस क्षेत्रमा अर्को सातासम्म पराकम्प आउनसक्ने चेतावनी दिएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै