साउदीमा पाँच नेपाली अलपत्र

खरीबोट

म्याग्दी । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेका हुन् ।

अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुर्व्यवहार गरिएको अलपत्र परेका भकिम्लीका छन्त्यालले टेलिफोनमा बताए । कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई वर्षका लागि त्यहाँ पुगेका पुगेका उनलाई कम्पनीले तीन वर्ष पूरा नभएसम्म घर फिर्ता हुन नदिने धम्की दिँदै आएकामा अहिले आफूहरूलाई कुटपिट गरी साथमा रहेको मोबाइल र पर्ससमेत खोसेर कम्पनीबाट निकाला गरेपछि अहिले समस्यामा परेको उनको गुनासो थियो । अर्का पीडित मल्कबाङका घर्तीले भने, ‘‘हामी यहाँ अलपत्र परेका छौँ, कम्पनीले निकालेपछि एक दिन सडकमै बितायौँ, अहिले कहाँ बस्ने र के खाने त्यो पनि ठेगान छैन ।”

आफूहरूको पासपोर्ट, लाइसेन्सलगायतका सबै कागजपत्र कम्पनीले नै राखेको र नेपाल फिर्ता हुनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारीरिक यातना दिने गरेपछि दूतावास र श्रम अदालत धाउँदासमेत आफूहरू घर फर्कने वातावरण नबेपछि थप समस्या भएकाले आफूहरू नेपाल फर्कन चाहेको बताउँदै उनीहरुले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरिदिन अनुरोध गरे ।

सम्बन्धित समाचार

साउदी अरब हावी रहेको ओपेकबाट कतारको बाहिरिने घोषणा 

दोहा, कतार। एएफपी कतारले ग्यास उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरूमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) बाट बाहिरिने भएको कतारका इन्धन मन्त्री साद अल–कावीले सोमबार

खसोग्गीको हत्या प्रकरणसम्बन्धी रेकर्डिङ अमेरिका र साउदी अरबलाई दिइयो 

अङ्कारा, टर्की। टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले बताएका छन् ।  हामीले

साउदी अरबीयालाई हतियार बिक्री रोक्छौं– मर्केल

बर्लिन / जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताएकी छन  ।  “सीमित मात्रामा भइरहेको

पत्रकार जमाल खसोग्गीको हत्या भएको साउदी अरबद्वारा स्वीकार

काठमाडौँ । साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा मारिएको साउदी सरकारले अधिकारिक रुपमा पुष्टि गरेको छ। करिव दुई साताको इन्कारपछि साउदी अरबको सरकारी टेलिभिजनले


z