काठमाडौं । मेगा बैंक र जनरल इन्स्योरेन्स कम्पनीबिच सम्झौता भएको छ ।
बैंकले बैकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । बैक तथा इन्स्योरेन्स बीच बुधवार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैकका कार्यकारी नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के. तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसंगै बैकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैकका सबै शाखाबाट लिन सक्नेछन् ।