• २०८१ बैशाख १२ बुधबार

 एशियन कप क्वालिफायरको फाइनलमा युएईले हङकङलाई १७९ रनको लक्ष्य दियो 

kharibot

काठमाडौँ।  एशियन कप क्वालिफायरको फाइनलमा युएईले हङकङलाई २४ ओभरमा १७९ रनको लक्ष्य दिएको छ। बर्षाले प्रभावित भएको फाइनल खेलमा ओभर घटाएर २४ ओभर बनाइएको छ। २४ ओभरमा घटाइएको खेलमा डकवर्थ लुइस नियम अनुसार हङकङले जितका लागि २४ ओभरमा १७९ रन बनाउनु पर्ने भएको छ।   

टस हारेर ब्याटिंग गरेको युएईले २४ ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनाएको हो। युएईका लागि असफाक अहमदले सर्वाधिक ७९ रन बनाएका थिए।  असफाकले ५१ बलमा ६ छक्का र ९ चौका हान्दै ७९ रन बनाएका थिए। त्यस्तै साइमन अनवरले २२, मोहमद उसमानले १६ रन बनाएका थिए। त्यस्तै चिराग सुरीले ११ रन बनाए भने कप्तान रोहन मुस्तफा शुन्य रनमा आउट भएका थिए। 

त्यस्तै हङकङका बलर एजाज खानले ५ विकेट लिएका थिए।  उनले एकै ओभरमा ३ विकेट लिएका थिए। त्यस्तै नदीम अहमदले ३ तथा तनबीर अफजलले एक विकेट लिए।  

फाइनलमा विजयी हुने टोलीले यसै महिना युएइमा हुने एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।  एशिया कपमा छनोट हुने टोलीले भारत र पाकिस्तानजस्ता टेष्ट राष्ट्रसँग खेल्ने मौका पाउनेछ । सो प्रतियोगिता यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ ।  


      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै