• २०८१ बैशाख १४ शुक्रबार

युएईलाई पराजित गर्दै हङकङ एशिया कपका लागि छनौट   

kharibot

काठमाडौँ। एशियन कप क्वालिफायरको उपाधि जित्दै हङकङ एशिया कपमा छनौट भएको छ । एशिया कपमा छनौट भएसँगै हङकङ अब भारत र पाकिस्तानसँग समुह ए बाट एशिया कप खेल्ने भएको हो। 

हङकङले आज भएको फाइनलमा युएईलाई २ विकेटले पराजित गर्दै एशिया कपमा छनौट भएको हो। युएइले दिएको २४ ओभरमा १७९ रन लक्ष्य पछायाएको हङकङले २३.३ ओभरमा ८ विकेट गुमाए लक्ष्य पुरा गरेको थियो। हङकङका लागि निजकत खानले ३८, क्रिस्टोफर कार्टरले ३३, अंशुमन राठले २८ रन बनाएका थिए।     

फाइनलमा युएईले हङकङलाई २४ ओभरमा १७९ रनको लक्ष्य दिएको छ। बर्षाले प्रभावित भएको फाइनल खेलमा ओभर घटाएर २४ ओभर बनाइएको छ। २४ ओभरमा घटाइएको खेलमा डकवर्थ लुइस नियम अनुसार हङकङले जितका लागि २४ ओभरमा १७९ रन बनाउनु पर्ने थियो।    

टस हारेर ब्याटिंग गरेको युएईले २४ ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनाएको हो। युएईका लागि असफाक अहमदले सर्वाधिक ७९ रन बनाएका थिए।  असफाकले ५१ बलमा ६ छक्का र ९ चौका हान्दै ७९ रन बनाएका थिए। त्यस्तै साइमन अनवरले २२, मोहमद उसमानले १६ रन बनाएका थिए। त्यस्तै चिराग सुरीले ११ रन बनाए भने कप्तान रोहन मुस्तफा शुन्य रनमा आउट भएका थिए। 

त्यस्तै हङकङका बलर एजाज खानले ५ विकेट लिएका थिए।  उनले एकै ओभरमा ३ विकेट लिएका थिए। त्यस्तै नदीम अहमदले ३ तथा तनबीर अफजलले एक विकेट लिए।  

आगामी सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र एशिया कप क्वालिफायरबाट छनौट भएको हङकङसहित ६ देश एशिया कप खेल्ने भएका छन्। 

अब हङकङ भारत र पाकिस्तानसहित समूह ए बाट खेल्ने छ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् ।

दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् । 

आइसीसीले  तालिका अनुसार १५ सेप्टेम्बरमा बंगलादेश र श्रीलंकाबीच हुने छ, त्यस्तै १६ सेप्टेम्बरमा  पाकिस्तान र हङकङबीच, १७ सेप्टेम्बरमा श्रीलंका र अफगानिस्तानबीच, १८ सेप्टेम्बरमा भारत र हङकङबीच, १९ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच र २० सेप्टेम्बरमा बंगलादेश र अफगानिस्तानबीच समुह चरणका खेल हुने भएका छन्।  

त्यस्तै समुह चरणबाट शिर्ष ४ टिम एक अर्कासंग खेल्ने छन् भने शिर्ष २ टिम फाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल २८ सेप्टेम्बरमा हुने छ।    


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै