• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा चार दसमलव ३६ अंकले गिरावट, कारोवार रकम भने बढेर ७९ करोड रुपैयाँ पुुग्यो  

kharibot

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेमा गिरावट आएपनि कारोवार रकममा भने सुधार आएको छ । नेप्से चार दसमलव ३६ अंकले घटेर १२ सय २९ दसमलव ७७ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव ८१ अंकले घटेर दुुई सय ६० दसमलव ३५  बिन्दुुमा झरेको छ ।

एक सय ७४ कम्पनीहरुको आठ हजार पाँच सय ८५ वटा कारोवारमा ३२ लाख २८ हजार पाँच सय ६९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम  ७९ करोड ३३ लाख ८६ हजार तीन सय ६८ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार सुचक बढेर आठ वटाको घटेकाछन ।  बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव नौ अंकले घटेर एक हजार ७२ दसमलव ३१ बिन्दुुमा झर्दा ४३ करोड ५९ लाख ४२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैंक समुहको सुचक १५ दसमलव नौ अंकले घटेर १४ सय ७७ दसमलव ३४ बिन्दुमा झर्दा चार करोड ४२ लाख ६१ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युुत समुहको सुचक पनि १५ दसमलव ९६ अंंकले घटेर १४ सय पाँच दसमलव ४८  बिन्दुुमा झर्दा एक करोड ६८ लाख ९६ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स र लघुबित्त समुहको सुचकमा पनि गिरावट आएको छ । टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचकमा भने सुधार देखिएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको कावेली बिकास बैकको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ६५ पैसाले बढेर दुई सय ८४ रुपैयाँमा कारोवार भएको भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ २७ पैसाले घटेर एक सय ७६ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेकोे एनएमबी बैंकको प्रतिकित्ता तीन सय ३६ रुपैयाँमा  १० करोड ३४ लाख ४४ हजार एक सय ५४ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै