• २०८१ बैशाख ७ शुक्रबार

एशिया कप क्वालिफायरमा धेरै विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रो स्थानमा 

kharibot

काठमाडौँ। सन्दीप लामिछाने एशिया कप क्वालिफायरमा सबै भन्दा धेरै विकेट लिने बलरको सुचीमा दोस्रो स्थानमा रहेका छन् । सन्दीपले  ५ खेलमा १४ विकेट लिदै हङकङका बलर नदीम अहमदसँगै १४ विकेट लिएका हुन् । 

क्वालिफायरमा सबैभन्दा धेरै विकेट भने युएईका बलर अहमद राजाले लिएका छन्।  राजाले ६ खेलमा १६ विकेट लिएका छन्। अहमदले सिंगापुरबिरुद्ध ६ विकेट लिएका थिए भने नेपाल र मलेसियाविरुद्ध ४-४ विकेट लिएका थिए। ओमान र हङकङविरुद्ध एक विकेट लिएका थिए । अहमद यस प्रतियोगिताको म्यान अफ द सिरिज पनि बनेका छन्। 

पहिलो खेल ओमानविरुद्ध हल्का इन्जुरीका कारण लय गुमाएका सन्दीपले दोस्रो खेलमा युएईविरुद्ध ४ विकेट लिएका थिए। त्यस्तै मलेसियाविरुद्ध २ विकेट लिए भने सिंगापुरविरुद्ध ३ विकेट लिएका थिए। हङकङसँगको खेलमा सन्दीपले ५ विकेट लिदै नेपाललाई जितको नजिक लागेका थिए । 

त्यस्तै हङकङका बलर नदीम अहमदले भने ६ खेलमा १४ विकेट लिएका हुन्। अहमदले मलेसिया र सिंगापुरविरुद्ध ४-४ विकेट लिएका थिए भने युएईविरुद्धका २ खेलमा २ र ३ विकेट लिएका थिए। त्यस्तै नेपालविरुद्ध अहमदले एक विकेट लिएका थिए ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै