• २०८१ बैशाख १३ बिहीबार

न्युयोर्क टाइम्समा ट्रम्पकै वरिष्ठ कर्मचारीले गोप्य लेख लेखे, के भने ट्रम्पले ?

kharibot

अमेरिका । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्समा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकै एक वरिष्ठ अधिकारीले गोप्य लेख ‘ट्रम्प प्रशासनभित्र ट्रम्पको एजेण्डाविरुद्ध प्रतिवाद गर्ने म पनि एक कर्मचारी हुँ’ भन्दै लेखेपछि अमेरिकी राजनीति तरंगित भएको छ । पत्रिकाले उनको परिचय खुलाएको छैन भने ट्रम्पका सहयोगीलाई समेत अप्ठ्यारोमा पारिदिएको छ । 

अज्ञात लेखकबाट लेखिएको उक्त लेखलाई पत्रिकाले महत्वपूर्ण स्थान दिएको छ भने डेमोक्र्याटिक पार्टीप्रति बफादार लिबरल पत्रपत्रिका तथा अनलाइन आउटलेटहरुले पुनः एकपटक राष्ट्रपति ट्रम्पविरुद्ध आक्रोश पोख्ने हतियार बनाएका छन् । उक्त लेखमा ट्रम्पका कतिपय एजेण्डा असफल बनाउन आफूलगायत वरिष्ठ अन्य ट्रम्पका सहयोगीहरु हरतरहले लागिरहेको खुलाइएको छ । उक्त लेखमा ट्रम्पको अराजक व्यवहारले अमेरिकालाई हानि पुर्याउने भएकाले आफूहरुले त्यसको प्रतिवाद गरिरहेको खुलाइएको छ । 

प्रथमपुरुष दृष्टिविन्दुमा लेखिएको उक्त लेखमा सिधै ‘म’, ‘हामी’ शब्दावली प्रयोग गरिएको छ । त्यस्तै ट्रम्प ह्वाइटहाउसमा रहेसम्म ट्रम्पका एजेण्डाविरुद्ध प्रतिवाद गरिरहने समेत उल्लेख गरिएको छ । ट्रम्पको निर्णायक क्षमतामाथि समेत लेखमा प्रश्न उठाइएको छ । ट्रम्प बढी एन्टिट्रेड र एन्टि डेमोक्रेटिक भएको भन्दै आलोचना समेत गरिएको छ । 

ट्रम्प बढी निरंकुश हुन खोजेको, विदेशी समकक्षीमा पनि अमेरिकाका सहयोगीलाई बेवास्ता गर्ने र भ्लादिमिर पुटिन, किम जोंग उनको प्रशंसा गर्ने गरेको भनी उनको आलोचना गरिएको छ । 

के भने ट्रम्पले ? 
यता ट्रम्पले भने आफ्नो प्रशासनले अमेरिकी अर्थतन्त्रमा गरिरहेको अनपेक्षित सुधारलाई ‘डिप स्टेट’ र विरोधीहरुले स्वीकार्न नसकेको आरोप लगाएका छन् । उनले ट्विट गर्दै झूटा समाचार सम्प्रेषण गरी आफूलाई असफल पार्न लागिरहेको भन्दै लिबरल मिडियाको ट्रम्पले विरोध गरेका छन् । 

‘उक्त अज्ञात कर्मचारी साँच्चै छ त ?’, ट्रम्पले एक ट्विटमा प्रश्न गरेका छन्, ‘असफल न्युयोर्क टाइम्सको फोनी सोर्स हुनुपर्छ कि भने यदि छ नै भने पत्रिकाले राष्ट्रिय सुरक्षाको उद्देश्यका लागि सरकार सामु उक्त लेखकबारे खुलाउनुपर्छ ।’

२०१६ मा अनपेक्षित रुपमा व्यवसायीबाट राजनीतिक उचाइ लिएका ट्रम्पको राष्ट्रपतित्व काललाई डेमोक्रेटहरुले रुचाएका छैनन् भने ट्रम्पको बोल्ड निर्णयहरु द्रुतगतिमा गइरहँदा र उनले चुनावी अभियानमा जाहेर गरेका प्रतिबद्धता एकपछि अर्को गरी पूरा गर्दै जाँदा अमेरिकी लिबरल मिडियाहरु समेत ट्रम्पको कमजोरी पहिचान गर्न असफल बनेका छन् जसका कारण ट्रम्प अमेरिकी मिडियाविरुद्ध उभिन सफल भइरहेका छन् । उनलाई रुसले जिताएको भनी एकपछि अर्को समाचार लेखेर विवादित बनाउन अमेरिकी लिबरल मिडियाको हात रहेको छ ।

जसका कारण अमेरिकी राजनीतिमा बाह्य प्रभाव परेको दाबी गरिएपछि अहिले एउटा रोबर्ट म्युलर नेतृत्वको आयोगले अनुसन्धान गरिरहेको छ तर ट्रम्प र रुसबीचको साँठगाँठ २ वर्षको अनुसन्धानले समेत पुष्टि गर्न सकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै